८ बैशाख २०८१, शनिबार

सुदूरपश्चिम प्रदेश नीति कार्यक्रम : कोरोना रोकथाम र उपचारमा प्राथमिकता (पूर्णपाठ)


गङ्गाप्रसाद यादव

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९को नीति तथा कार्यक्रममा कोभिड-१९को रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ ।

प्रदेश सभाको आजको बैठकमा प्रदेश प्रमुख गङ्गाप्रसाद यादवले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोरोनाबाट प्रदेशको आर्थिक क्षेत्रमा परेको र आगामी दिनमा पर्ने प्रभावको अध्ययन गरी रोगको असर न्यूनीकरण गर्ने कार्यक्रम माफर्त् अर्थतन्त्रलाई गतिशील र पुनरुत्थान गर्ने तर्फ आगामी वर्षको बजेट केन्द्रित हुने बताए ।

नीति कार्यक्रममा नागरिकलाई कोरोना विरुद्धको खोपको व्यवस्था मिलाउने, रोगका कारण वैदेशिक रोजगारी गुमाएर फर्किएकाका लागि प्रदेश स्वरोजगार विकास कार्यक्रम मार्फत् सहुलियत दरमा ऋण उपलब्ध गराउने कार्यक्रमलाई विस्तार गरिने, सबै अस्पतालको क्षमता बढाउने,स्वास्थ्य सेवाका मापदण्डका साथै चिकित्सा मापदण्डका आधारमा प्रदेशिक मापदण्ड तयार गरी स्वास्थ्य संस्थावाट गुणस्तरीय सेवा प्रवाह गरिने ,‘हाम्रो प्रदेश स्वस्थ्य प्रदेश’ भन्ने नारा सहित स्वास्थ्य सेवाका अन्य कार्यक्रम समेत सञ्चालन गरिने उल्लेख गरिएको छ । विकासका क्रियाकलापमा मानव विकास सूचकाङ्कका दृष्टिले पिछडिएका क्षेत्र, वर्ग एवं समुदायलाई विशेष प्राथमिकता दिइने नीति सरकारको छ ।

यस्तो छ सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !