६ जेष्ठ २०८१, आइतबार

सुनको मूल्य एक्कासी यतिधेरै घट्यो, प्रतितोला कति ?


सुन

काठमाडौं । नीय बजारमा आज पहेँलो धातु सुनको मूल्यमा उच्च अङ्कको गिरावट देखिएको छ । अस्थिर रहेको सुनचाँदीको बजारमा आज भने तोलामा नै सुन रु एक हजार ७०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापवाल सुन तोलामा रु ८७ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोमबार छापवाल सुन तोलामा रु ८८ हजार ७०० मा कारोवार भएको थियो ।

यस्तै, तेजाबी सुन तोलामा रु ८६ हजार ५५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । सोमबार तेजाबी सुन तोलामा रु ८८ हजार २५० मा कारोवार भएको थियो ।

यसैगरी चाँदी आज तोलामा रु ४० ले घटेको छ । सोमबार रु एक हजार ३३० मा कारोवार भएको चाँदी आज भने तोलामा रु एक हजार २९० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !