२२ बैशाख २०८१, शनिबार

एक हजारको नयाँ नोट चलनचल्तीमा ल्याइँदै


एक हजारको नयाँ नोट चलनचल्तीमा ल्याइँदै

काठमाडौँ, ६ साउन । नेपाल राष्ट्र बैंकले चितवनको हात्तीसारमा जन्मिएको राम लक्ष्मणको चित्र भएको रु १००० को नयाँ नोट निष्कासन गर्ने भएको छ । केन्द्रीय बैंकले आज एक सूचना मार्फत नयाँ नोट निष्कासन गर्ने जनाएको हो ।

नोटमा साबिकको हात्तीको तस्बीरभन्दा नयाँ हात्तीको तस्बीर राख्न लागिएको हो । बैंकको सूचनामा भनिएको छ, ‘नोटको मध्यभागमा चितवनको हात्तीसारमा रहेको देवकलीबाट जन्मेका राम लक्ष्मण भनेर चिनिएको दुईवटा हात्तीको फोटो हुनेछ ।’

यही साउन ७ गतेदेखि चलनचल्तीमा ल्याइने नोटको बायाँतर्फ सगरमाथाको चित्र रहनेछ । नयाँ नोटमा राष्ट्र बैंकका पूर्वगभर्नर डा चिरञ्जीवी नेपालको हस्ताक्षर हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !