९ जेष्ठ २०८१, बुधबार

किसान क्रेडिट कार्ड जारी गरिने


नेपाल राष्ट्र बैंक

काठमाडौं, साउन २ । नेपाल राष्ट्र बैंकले किसान क्रेडिट कार्ड जारी गरिने बताएको छ । आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले सो कुराको जानकारी दिएका छन् ।

कृषि प्रबर्द्धनका लागि बैंकिङ लगानी बढाउन विभिन्न कार्यक्रमहरु घोषणा राष्ट्र बैंकले गरेको छ । उनले कृषि उत्पादन बढाउनका लागि ऋण लगानी बढाउने, प्रविधिको प्रयोग गरी संस्थागत विकास गरिने घोषणा गरेका छन् ।

उनले कृषि विकास बैंकलाई कृषि परियोजनामा लगानी गर्न अगुवा बैंकको रुपमा विकास गरिने जानकारी दिए । बैंकहरुलाई कृषिमा तोकिएको लगानी गर्नका लागि कृषि ऋणपत्र जारी गर्न पाउने कानूनी व्यवस्था ल्याइने उनले जानकारी दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !