१४ बैशाख २०८१, शुक्रबार

पाँचथरका दुईवटा जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा


कात्तिक १, फिदिम । पाँचथरमा निर्माण भइरहेको दुईवटा जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । पाँचथर–ताप्लेजुङको सिमाना भएर बग्ने कावेली खोलामा निर्माण भइरहेको २५ मेगावाट क्षमताको काबेली बीवान जलविद्युत् आयोजना र हिलिहाङ गाउँपालिकाको भारपा र फिदिम नगरपालिकाको सिमाना हेवा खोलामा निर्माणाधीन २१ मेगावाट क्षमताको तल्लो हेवा जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको निर्माण कम्पनीहरुले जनाएका छन् ।

माउन्टेन हाइड्रो नेपाल प्रालिद्वारा प्रवर्द्धित चार अर्ब रुपैयाँको लगानीमा निर्माणाधीन तल्लो हेवा जलविद्युत् आयोजनाको ९० प्रतिशत काम पूरा भएको कम्पनीका सिताराम तिमिल्सिनाले जानकारी दिए ।

अरुण कावेली पावर लिमिटेडको चार अर्ब रुपैयाँ लगानीमा निर्माणाधीन कावेली बीवान जलविद्युत् आयोजनाले यसै महिनादेखि उत्पादन शुरु गर्ने गरी काम भइरहेको आयोजनाका प्रमुख इन्जिनियर हस्तमान राईले जानकारी दिए ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !