६ जेष्ठ २०८१, आइतबार

मेलम्चीमा पहिलो पटक एटिएम सेवा


Melamchhi

१२ असोज, मेलम्ची । मेलम्चीमा पहिलो पटक कृषि विकास बैंकले आजदेखि एटिएम सेवा शुरु गरिएको छ ।

अहिलेसम्म मेलम्चीमा कुनै पनि बैंक तथा वित्तीय संस्थाले एटिएम सेवा शुरु गरिएको छैन । मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रसाद सिटौलाले संयुक्तरुपमा उक्त एटिएम सेवाको शुभारम्भ गर्नुभयो ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत सिटौलाले गाउँका किसानलाई सहज रुपमा ऋण प्रवाह गर्दै आएको कृषि विकास बैंकले आगामी दिनमा वित्तीय साक्षरता सञ्चालन गरी बढीभन्दा बढी सदस्यलाई सहज सेवा प्रदान गर्ने बताउनुभयो । हालसम्म कृषि विकास बैंकको मुलुकभर २७० शाखा सञ्चालनमा रहेको पनि उहाँले जानकारी दिनुभयो ।

मेलम्ची नगरपालिकाका प्रमुख अर्यालले यस क्षेत्रमा कुनै पनि बैंक तथा वित्तीय संस्थाले एटिएम सेवा शुरु नगर्दा समस्या भइरहेको भन्दै यो सेवा शुरु भएपछि अब बैकिङ्ग कारोबारमा सहजता आउने विश्वास व्यक्त गर्नुभयो ।

यो सेवा शुरु भएपछि यस क्षेत्रका नागरिक खुशी भएको बताउँदै गुणस्तरीय सेवा प्रदान गर्न बैंक प्रतिवद्ध रहेको सो बैंकका शाखा प्रबन्धक तोलाकान्त अधिकारीले भन्नुभयो ।  (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !