९ जेष्ठ २०८१, बुधबार

गोरखाको स्तुल खोलामा बेलीब्रिज निर्माण


गोरखाको स्तुल खोलामा बेलीब्रिज निर्माण

गोरखा । गोरखाको आरुघाट गाउँपालिकास्थित स्तुल खोलामा बेलीब्रिज निर्माण गरिएको छ । आरुघाट–आरुपोखरी–ताकुकोट सडकखण्डमा पर्ने स्तुल खोलामा कुल रु तीन करोड ८० लाखको लागतमा बेलीब्रिज निर्माण गरिएको हो ।

एघारकिलो भालुस्वाँरा सडक आयोजना कार्यालयका प्रमुख अमिन्द्र खड्काका अनुसार उक्त सडकखण्डअन्तर्गत आरुघाट गाउँपालिका–८ र ९ जोड्ने स्तुल खोलामा पुल निर्माण नहुँदा बर्खामा सवारीसाधान गुडाउन कठिनाइ हुने गरेको थियो । बेलीब्रिज निर्माणका लागि आयोजना कार्यालयले जलप होम जेभीसँग ठेक्का सम्झौता गरेको थियो ।

पुल निर्माणको काम एक वर्षभित्रमा सक्ने गरी ठेक्का सम्झौता गरिए पनि ठेकेदार कम्पनीले चार महिनाभित्रै काम सम्पन्न गरेको कार्यालय प्रमुख खड्काले जानकारी दिए । बेलीब्रिज निर्माण सम्पन्न भएसँगै आरुघाट बजार हुँदै सवारीसाधानमार्फत ओहोरदोहोरका लागि आरुपोखरीका बासिन्दालाई सहज भएको छ ।

पुल नबन्दा हिउँदमा जसोतसो सवारीसाधन वारपार गराए पनि बर्खामा सञ्चालन गर्न नसकिने अवस्था थियो । पुल निर्माण सम्पन्न भएसँगै आरुघाट–७, ८ र ९ तथा आरुपोखरी, बारपाक सुलिकोट गाउँपालिकाको तीनखण्डे, बालुवा, गैरीछापलगायतका बासिन्दालाई सहज भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !