१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री देउवाद्वारा चोभार सुक्खा बन्दरगाहको उद्घाटन गरेसंगै आयो सञ्चालनमा


प्रधानमन्त्री देउवाद्वारा चोभार सुक्खा बन्दरगाहको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चोभार सुक्खा बन्दरगाहको उद्घाटन गरेका छन् । प्रधानमन्त्री देउवाले आज उद्घाटन गरेसंगै सो बन्दरगाह सञ्चालनमा आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउसो बन्दरगाहमा निर्मित स्तम्भ अनावरण गर्दै वीरगन्जबाट आएका मालवाहक गाडीको प्रवेश गराएर बन्दरगाहको उद्घाटन गरेका हुन् ।

राजधानी काठमाडौँको मुटुमा रहेको हिमाल सिमेन्टको कारखाना रहेको चोभारमा निर्माण भएको सुक्खा बन्दरगाह अब सञ्चालनमा आएको हो । बाह्य मुलुकबाट आयात र नेपालबाट निर्यात हुने सामानलाई एकीकृत सेवा दिन काठमाडौँको चोभारमा सुक्खा बन्दरगाह बनाइएको हो ।

कोभिड–१९ को महामारी र बन्दाबन्दीकै बीच निर्माण कार्य भएर उद्घाटन भएपछि सो बन्दरगाह अब सञ्चालनमा आएको हो । यो बन्दरगाहलाई भारतको रक्सौलबाट र चीनको केरुङबाट आउने रेलमार्ग तथा बाहिरी चक्रपथसँग जोडिने योजना सरकारको छ ।

बन्दरगाह सञ्चालनका लागि चाहिने भन्सार भवन, क्वारेन्टाइन (खाद्यवस्तुको गुणस्तर तथा विषादी मिसावट जाँच गर्ने) भवन र प्रशासनिक भवन रहेका छन् । अब काठमाडौं आएका मालवाहक गाडी सिधै यो बन्दरगाहमा जाँचपास हुनेछन् । २०७५ माघमा शिलान्यास भएको सुक्खा बन्दरगाह १८ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

बन्दरगाह निर्माणका लागि सरकार र विश्व बैंकबीच सन् २०१३ भएको सहमतिअनुसार सन् २०१९ भित्रै काठमाडौँ सुक्खा बन्दरगाह निर्माण सम्पन्न हुनुपर्नेमा कोरोना, निर्माण सामग्रीको उपलब्धतामा भएको केही कठिनाइ लगायतका कारणले केही ढिला भएको थियो ।

प्रधानमन्त्री देउवाद्वारा चोभार सुक्खा बन्दरगाहको उद्घाटनप्रधानमन्त्री देउवाद्वारा चोभार सुक्खा बन्दरगाहको उद्घाटन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !