२१ बैशाख २०८१, शुक्रबार

सरकारले थप भौगर्भिक अध्ययनको तयारी गर्यो


Nepal

भूकम्प लगत्तै अस्थायी बसोबासका निम्ति कतिपय ठाउँ सुरक्षित भए वा नभएको अध्ययन गरिएकोमा अब दीर्घकालीन हिसाबले अध्ययनको तयारी गरिएको अधिकारीहरुले बताएका छन्। खानी तथा भूगर्भ विभागका अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अध्ययन गरिने स्थानहरुको सुची बनाउदै छ। भूकम्पपछिको पुनर्निर्माणको जिम्मेवारी पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको योजना अनुसार खानी तथा भूगर्भ विभाग नेतृत्वको टोलीले ११ जिल्लामा भौगर्भिक अध्ययन गर्नेछ।

risky village of Nepal

नयाँ अध्ययनले दिने सुझावका आधारमा दीर्घकालीन बस्ती बसाउने योजना अघि बढाउन सकिने अधिकारीहरुको बाताएका छन। प्राधिकरणका अनुसार पहिला गरिएकै अध्ययनमा आधारित भइ स्थायी बसोबासका निम्ति भौगर्भिक अध्ययन गर्ने भनिएको छ । अध्ययनका निम्ति खटाइने टोलीमा भूगर्भ तथा खानी विभागका विज्ञहरुका साथै नापी तथा वन विभाग, भू-संरक्षण, जिल्ला भवन लगायत निकायका अधिकारीहरु संलग्न हुनेछन्। गत वैशाखको विनाशकारी भूकम्प लगत्तै गोरखा, धादिङ, सिन्धुपाल्चोक, रसुवा, काभ्रे जस्ता जिल्लामा गरिएको अध्ययनले अस्थायी बसोबासका निम्ति कतिपय स्थान जोखिमपूर्ण रहेको निष्कर्ष निकालेको थियो। तत्कालीन समयमा बस्नका निम्ति सुरक्षित नभएको भन्दै अस्थायीरुपमा मानवबस्ती सार्न सरकारलाई सुझाव समेत  दिएको थियो। भूगर्भ तथा खानी विभागका उप महानिर्देशक सोमप्रसाद सापकोटालेका भौगर्भिक हिसाबले बस्नै नहुने, बस्न हुने र भौगर्भिक गतिविधिलाई ध्यानमा राख्दै केही पर्खनु पर्ने गरी ३ प्रकारको स्थान पत्ता लगाउने भनिएको छ।

सरकारी निकायहरुले अध्ययनको तयारी अघि बढाइरहेका बेला भूकम्प प्रभावित जिल्लाका कतिपय मानिसहरुले सरकारले जतिसक्दो चाँडो अध्ययन पूरा गरी बस्न उपयुक्त भए वा नभएको टुंगो लगाइदेओ भन्ने आसा प्रकट गरेका छन। दीर्घकालीन बसोबासको दृष्टिकोणले अध्ययन गरिने भएकोले निचोडमा पुग्न समय लाग्न सक्ने अधिकारीहरुले बतएका छन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !