२० बैशाख २०८१, बिहिबार

भारतीय पक्षको सीमास्तम्भ मर्मतमा ढिलाई


bharatiya pillor

३० पुस, वीरगञ्ज । भारतीय पक्षमा रहेका पिल्लरहरु मर्मत सुस्त गतिमा भइरहेको पाइएको छ । भारतको पूर्वी चम्पारणको मोतिहारीमा बसेको पहिलो फिल्ड सर्भे टिमको बैठकमा क्षतिग्रस्त भएका र हराएका पिल्लरको निर्माणमा भएको प्रगतिबारे समिक्षा भएको छ ।

नेपाली पक्षवाट पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंह र भारतीय पक्षवाट पूर्वी चम्पारणका डीएम रमनकुमार कर्णले बैठकमा प्रगति विवरण प्रस्तुत गरेका थिए । तर, भारतीय पक्षको पिलर मर्मत तथा निर्माण सुस्त गतिमा भएको पाइएको छ ।

बारा र पर्सासँग भारतको सीमा जोडिएको क्षेत्रका १ हजार ७४४ पिल्लर क्षतिग्रस्त भएका वा हराएका छन् । अध्ययनअनुसार पर्साको सीमा क्षेत्रमा १०५९ र बाराको सीमा क्षेत्रमा ६८५ पिल्लर क्षतिग्रस्त भएका र हराएको पाइएको छ ।

तर, भारतीय पक्षले हालसम्म करिव १ सय पिल्लर मात्र निर्माण तथा मर्मत गरेको पाइएको छ । जबकी सम्झौता अनुसार सन् अपि्रल २०१८ सम्म सबै पिल्लर बनिसक्नुपर्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !