१४ बैशाख २०८१, शुक्रबार

११ वर्षपछि पोखराको चोरसाँघुमा मोटरेवल पुल सञ्चालनमा


pokhara

२४ पुस, काठमाण्डौ । पोखराको पृथ्वीचोक पुलको विकल्पका रूपमा नयाँ पुल निमार्ण भई सञ्चालनमा आएको छ । पोखरा लेखनाथ महानगरपालिका ७ र १५ जोड्ने चोरसाँघुस्थित सेती नदीमा सोमबार उद्घाटन गरि औपचारिक रुपमा पुल सञ्चालनमा आएको हो ।

निमार्ण थालेको ११ वर्षपछि ६ महिना अगाडि निमार्ण सम्पन्न भएको हो । पुलको उद्घाटन सांसद रविन्द्र अधिकारीले गरे । पुलको २९.९ मिटर लम्बाई र सात मिटर चौडाई रहेको छ । पुल निर्माणसँगै पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर ७, ९, १४, १५ र १७ र स्याङजा जानका लागि बैकल्पीक पुलका रुपमा प्रयोग गर्न सकिने छ । पुल निर्माणसँगै महानगरपालिका क्षेत्रको दक्षिणी भेगका नागरिकलाई यातायातको सुविधा पुग्ने सांसद अधिकारीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !