१४ बैशाख २०८१, शुक्रबार

उदयपुरमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु


River_SWimming Bepatta

उदयपुर, कात्तिक ४ । उदयपुर चौदण्डिगढी-१० देबधार बस्ने ९ बर्षीय बिक्रम चौधरीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

हिजो अपरान्ह ४ बजे सोही स्थानमा रहेको देबधार खोलामा पौडी खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको भनि आफन्तले राती ९ बजे ईलाका प्रहरी कार्यालय बेल्टारमा जानकारी गराएका थिए ।

घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !