६ बैशाख २०८१, बिहिबार

महोत्तरीको भंगहाको मेयरमा लोसपा र उपमेयरमा कांग्रेस विजयी


लोकतान्त्रिक समाजवादी पार्टी

जलेश्वर । महोत्तरीको भंगहा नगरपालिकाको प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

मत परिणामअनुसार आज भंगहामा प्रमुखमा लोसपा नेपालका सञ्जीवकुमार साह पाँच हजार ६१७ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत केशव अर्यालले बताए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विजय मण्डलले पाँच हजार ३५४ मत ल्याएका छन् ।

सो पालिकाको उपप्रमुखमा कांग्रेसका शान्तिकुमारी सिंहले पाँच हजार ७७५ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी लोसपा नेपालका गङ्गाकुमारी सिंह दनुवारले पाँच हजार ३५५ मत प्राप्त गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !