१९ बैशाख २०८१, बुधबार

मालपोतका निमित्त प्रमुख ५ लाख घुस लिएको आरोपमा पक्राऊ


पक्राउ

जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुसवापत लिएको रकमसहित भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सुनिलकुमार झालाई आज बिहान पक्राउ गरेको छ ।

आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले जनकपुरधामस्थित भानु चौकस्थित एक चिया पसलबाट घुसवापत सेवाग्रहीसँग लिएको ५ लाख रकमसहित प्रमुख झालाई पक्राउ गरेको हो ।

गोप्य सूचनाको आधारमा खटिएको टोलीले घुस रकमसहित प्रमुख झालाई पक्राउ गरेको र उनीमाथि थप अनुसन्धान भइरहेको आयोग बर्दिवासका प्रमुख गोपालकुमार अधिकारीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !