२० बैशाख २०८१, बिहिबार

घरमा आगलागी हुँदा जलेर तीनको मृत्यु


आगलागी

सर्लाही । सर्लाहीमा आगलागीवाट तीन जनाको मृत्यु भएको छ । स्रोतका अनुसार परालले बनेको घरमा गए राति ९ः१५ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी हुँदा तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सर्लाहीको कविलासी नगरपालिका–७ सिरसिरया निवासी जोगी महराकी आठ वर्षीया छोरी लक्ष्मी र तीन वर्षकी छोरी सुगन्धी रहेको छ ।

आगोले जलेर गम्भीर घाइते दुवै बालिकाको जिल्ला अस्पताल मलङ्गवामा समान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ लगिँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !