२ मंसिर २०८१, आइतबार

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा


प्रदेश २ को मुख्यमन्त्री कार्यालय

धनुषा । प्रदेश २ का मुख्यमन्त्रीको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । स्रोतका अनुसार आयोगले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेर साइकल खरिद सम्बन्धी कागजात जफत गरेको छ ।

बर्दिबासबाट गएको आयोगको टोलीले साइकल खरिदबारे कागजात लिएको स्रोतले बतायो । प्रदेश–२ सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमका लागि ११ करोड १७ हजार मूल्यको साइकल किनेको थियो । साइकल खरिदमा कम्पनी नखुलाई किनेर भ्रष्टाचार गरेको भन्दै आयोगमा उजुरी परेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु