काठमाडौं । लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । एमालेकी सांसद वली आजै माओवादीमा प्रवेश गरेकी हुन् ।
सांसद वली माओवादी केन्द्रमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ । आइतबार मात्रै मुख्यमन्त्रीबाट राजीनामा दिएर एकल बहुमतको सरकार गठनमा पोखरेल लागेका छन् ।