१४ बैशाख २०८१, शुक्रबार

माधव नेपालको ढाडमा टेकेर ओलीको टाउकोमा हान्न खोज्दा प्रचण्ड सडकमा : नेता पोखरेल


शंकर पोखरेल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता शंकर पोखरेलले पुष्पकमल दाहाल प्रचण्डले आफ्नै हर्कतको परिणाम भोगिरहेको बताएका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपमान गर्ने प्रचण्डको प्रयास असफल भएको बताए ।

ओली समूहको चितवन भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले भने, ‘ढाडमा टेकेर टाउकोमा हान्ने भन्ने गर्नुहुन्छ, माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोज्नुभयो । तर, एउटै चिजको प्रयोगले सधैं सफल भइँदैन ।’

मुख्यमन्त्री पोखरेलले टाउकोमा हान्न खोजेपछि ओलीले संवैधानिक अधिकार प्रयोग गरेर प्रचण्ड–माधवहरुलाई सडकमा पुर्‍याइदिएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !