२० बैशाख २०८१, बिहिबार

ट्याक्टर पल्टिँदा एकजनाको मृत्यु, २ जना घाइते


दुर्घटना

उदयपुर । उदयपुरमा ट्याक्टर पल्टिँदा एक बालकको ज्यान गएको छ । त्रियुगा नगरपालिका १ रुपनीका नितेश चौधरीको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार त्रियुगा नगरपालिका–१ जोगिदह रुपनीमा स१त ४२९३ नम्बरको ट्याक्टर पल्टिँदा २ जना घाइते भएका छन्। ट्याक्टर घर नजिकै पल्टिँदा चालक बुबा सत्यनारायण चौधरी, अर्का छोरा १२ वर्षीय निमिष चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !