२० बैशाख २०८१, बिहिबार

त्रियुगा नगरपालिकाका आठ जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि


कोरोना भाइरस

उदयपुर २० कात्तिक । कटारी नगरपालिका ७ रिस्कुका स्थानीय तावा खोलाको पानी उपभोग गर्न बाध्य हुँदै आएका छन् । हालसम्म शुद्ध पानीको अन्य व्यावस्था नहुँदा स्थानीय खोलाको पानी उपभोग गरिरहेका जनाइएको छ । स्थानीय पूर्णबहादुर दनुवार भन्नुहुन्छ,“खानेपानीको अन्य विकल्प छैन । खोलाको पानी खान बाध्य छौँ । ”

स्थानीय पञ्चमान दनुवारले खोलाको पानी उपभोग गर्दा बिरामी हुने गरेको जानकारी दिनुभयो । कटारी ७ रिस्कुका वडाध्यक्ष धनबहादुर दनुवारले खोनेपानीको उचित प्रबन्ध गरिने लागेको जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमण
त्रियुगा नगरपालिकाका आठ जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यलयका अनुसार सोमबार नगरपालिकाका कर्मचारीको पिसिआर परीक्षणको लागि स्वाब सङ्कलन गरिएको थियो । योसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या २५० पुगेको र ११ जना कोरोनाबाट मृत्यु भइसकेको स्वास्थ्य कार्यलयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !