१९ बैशाख २०८१, बुधबार

किसानलाई गोठालो भत्ता दिने निर्णय


भेडा

सुर्खेत । कर्णाली प्रदेश सरकारले गोठालो भत्ता दिने निर्णय गरेको छ । सरकारले चालु आर्थिक वर्षमा कर्णाली प्रदेशका हिमाली जिल्लामा कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पा जिल्लामा ५० भन्दा बढी भेडा बाख्रा पाल्ने किसानलाई गोठालो भत्ता निर्णय गरेको हो ।

५० भन्दा बढी भेडाबाख्रा पाल्ने किसानलाई मासिक एक हजार ५०० गोठालो भत्ता पाउने कर्णाली प्रदेश सरकारले निर्णय गरेको एक नेताले जानकारी दिए ।

भेडाबाख्रा पाल्ने किसानलाई गोठालो भत्ता दिनका लागि चालु आर्थिक वर्षमा ७२ लाख रुपैयाँ विनियोजन गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !