६ बैशाख २०८१, बिहिबार

प्रदेश प्रमुख कलौनीबाट ‘प्रजातन्त्र दिवस’को शुभकामना


गोविन्दप्रसाद कलौनी

कर्णाली । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले ‘७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवस’को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ ।

एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख कलौनीले आज मुलुकभरि मनाइँदै गरेको ‘७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवस’ नेपालमा १०४ वर्ष लामो निरंकुश जहाँनिया राणा शासन अन्त्य भई नेपाली जनताले प्रजातन्त्र प्राप्त गरेको ऐतिहासिक दिनको रूपमा स्मरण गर्नुभएको छ । उहाँले प्रजातन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवन आहुति दिने सम्पूर्ण वीर शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

जारी सन्देशमा प्रदेश प्रमुख कलौनीले भन्नुभएको छ, “इतिहासका विभिन्न कालखण्डमा नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट हामीले प्राप्त गरेका उपलब्धिको रक्षा गर्दै मुलुकमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गरी सुशासन कायम गर्न र हामीले अपेक्षा गरेको समृद्धिको सपना साकार गर्न एकाकार भएर अघि बढ्नु आजको आवश्यकता हो ।”

सम्पूर्ण नेपालीहरुलाई एकताबद्ध गरी स्वच्छ, सुखी र समुन्नत राष्ट्र निर्माणमा योगदान पुर्याई ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न एकजुट हुनुपर्नेमा जोड दिनुभएका उहाँले दिवसले प्रजातान्त्रिक मूल्य र मान्यतालाई जीवन पद्धति बनाएर अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने शुभकामना दिनुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !