१३ जेष्ठ २०८१, आइतबार

उद्धारमा सक्रिय स्थानीय सरकार


बनेपा, ११ वैशाख । लकडाउनका कारण काठमाडौँ उपत्यका र बनेपा आसपासमा कष्टकर जीवन गुजारा गरिरहेका विभिन्न पेशा व्यवसाय गरी बसेकाहरुको स्थानीय सरकारले आफ्ना नागरिकहरुको उद्धार गरेको छ । बुधबार काठमाडौँको विभिन्न ठाउँमा र बनेपा, धुलिखेललगायत स्थानमा मजदुरी गरी बसेका र लामो समयसम्म लकडाउनमा परेपछि राशनपानी सकेर समस्यामा परेकालाई स्थानीय सरकारले उद्धार गरेको हो । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाको पहलमा विभिन्न स्थानमा मजदुरी गरेर बसिरहेका ३५८ मजदुरको उद्धार गरेको हो ।

काभ्रे बस प्रालिको यात्रुवाहक बस प्रयोग गरी मजदुरलाई बिहान २ बजे काठमाडौँ गन्तव्यमा पठाएका छन् । “लकडाउनका कारण काडमाडौँ उपत्यका र बनेपा आपसपामा रहेर विभिन्न पेशा व्यवसाय गरी आफ्नो जीविकोपार्जन गर्दै आउनुभएकाहरु समस्याका कारण पटक–पटक आफ्नै गाउँ जान आग्रह गर्दै आएका र उहाँहरुलाई हातमुख जोर्नसमेत समस्यामा पर्दै गएको कारण गाउँपालिकालाई आग्रह गरेपछि आफ्नै नेतृत्वमा सबै वडाका वडाध्यक्षको समन्वयमा उहाँहरुलाई आफ्नै गाउँमा लाने काम गरेका हौँ”, महाभारत गाउँपालिका अध्यक्ष जिम्बाले भन्नुभयो ।

तेमाल गाउँपालिकाले पनि आफ्नो गाउँपालिकाभित्रका बासिन्दाहरु काठमाडौँमा विभिन्न पेशा व्यवसायमा आबद्ध रहेर बसेको अवस्थामा लामो समयसम्म लकडाउनमा परेपछि समस्या भोग्नुपरेका कारण उहाँहरुको इच्छाअनुसार गाउँसम्म जाने वातावरण मिलाएको जनाएको छ । पूर्व ऊर्जाराज्यमन्त्री सूर्यमान दोङ, सङ्घीय सांसद गङ्गाबहादुर तामाङ र गाउँपालिका अध्यक्ष सलामसिंह लामाको नेतृत्वमा काठमाडौँ उपत्यका र काभ्रेपलाञ्चोकको बनेपा धुलिखेललगायत ठाउँमा रहेकालाई सार्वजनिक यातायातको व्यवस्था गरी केहीलाई बुधबार नै गाउँसम्म पु¥याएको छ भने बाँकीलाई आज पु¥याउने तयारीमा रहेको गाउँपालिका अध्यक्ष सलामसिंह लामाले बताउनुभयो । “हामीले आजका लागि १० वटा बसको ज्यवस्था गरेका छौँ, त्यसरी जानेहरुको भने स्वास्थ्य परीक्षण गरेर मात्रै गाउँ प्रवेश गराउँछौँ”, उहाँले भन्नुभयो ।

उता कोशीपारिस्थित चौरीदेउराली गाउँपालिकाले गाउँपालिकाभित्रका विभिन्न विकासे योजनामा निर्माण मजदुरको काम गर्दै आउनुभएका सल्यान र रुकुमका गरी १५ मजदुरलाई मङ्गलबार गाडीको व्यवस्था गरी काठमाडौँसम्म पु¥याएर सम्बन्धित जिल्लाका नेताहरुलाई जिम्मा लगाएको चौरीदेउराली गाउँपालिका–५ का वडाध्यक्ष राजकुमार गौतमले बताउनुभयो । त्यससँगै उपत्यकाका विभिन्न स्थानमा पेशा व्यवसाय गरी बस्ने वडाका बासिन्दालाई वडाध्यक्षको समन्वयमा गाडी व्यवस्था गरी आज गाउँ लैजाने तयारी भइरहेको जनाएको छ ।

रोशी गाउँपालिकाले पनि उपत्यकालगायत विभिन्न ठाउँमा रहेर पेशा व्यवसाय गरिरहनुभएका आफ्ना गाउँपालिकाभित्रका बासिन्दालाई गाउँसम्म लानको लागि सबै वडाका वडाध्यक्षलाई उहाँहरुको विवरण सङ्कलन गर्न आग्रह गरेको छ । सबै वडाबाट विवरण सङ्कलनको काम अन्तिम चरणमा पुगेकाले भोलि दिउँसो काठमाडौँ र बनेपा आसपासमा रहेकाहरुलाई गाउँ पु¥याउन गाडी व्यवस्थापनमा लागिरहेको गाउँपालिका अध्यक्ष दलबहादुर लामाले बताउनुभयो । त्यसरी गाउँ फर्कनेले पनि अनिवार्यरूपमा बसमा चढ्नु अगाडि ज्वरो जाँच गरेर मात्र गन्तव्यतर्फ जाने व्यवस्था मिलाएको छ । यसअघि उपत्यकाबाट काभ्रेपलाञ्चोक जिल्ला भएर विभिन्न जिल्लामा जाँदै गरेका पैदलयात्रीलाई पनौती, बनेपा, नमोबुद्ध र रोशी गाउँपालिकाले गाडी व्यवस्था गरी छिमेकी जिल्लाको सिामानासम्म पु¥याएर सहयोग गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !