४ जेष्ठ २०८१, शुक्रबार

समानुपातिक सांसद मीना ज्ञवाली एकीकृत समाजवादीमा


मीना नेपाल ज्ञवाली

काठमाडौं । वागमती प्रदेशसभा सदस्य मीना नेपाल ज्ञवालीले नेकपा एमाले छोडेर एकीकृत समाजवादी रोजेकी छन्। नेकपा एमालेबाट निर्वाचित समानुपातिक सांसद ज्ञवालीले शुक्रबार हेटौंडास्थित निर्वाचन आयोग पुगेर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेकी वागमति प्रदेश सांसद एवं एकीकृत समाजवादी केन्द्रीय सदस्य बसन्त मानन्धरले जानकारी दिए।

यो सँगै वागमती प्रदेशसभाबाट एकीकृत समाजवादीमा जानेको संख्या १३ पुगेको छ। यसअघि प्रदेशका मन्त्रीसहित १२ जनाले एकीकृत समाजवादीमा जानेबारे सनाखत गरेका थिए।

१३ जना सांसदले नयाँ दल रोजेसँगै अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ। यो सँगै उनले अब प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ।

एकल बहुमतसहित मुख्यमन्त्री बनेकी शाक्य एमाले विभाजन भएर १३ सांसद एकीकृत समाजवादीतिर लागेपछि अल्पमतमा परेकी हुन्।

डोरमणि पौडेलले राजीनामा दिएसँगै शाक्य भदौ २ गते मुख्यमन्त्री बनेकी थिइन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !