२६ असोज, बलेवा । बागलुङको गलकोटमा जारी २२औँ राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तीन विभागीय टोली सेमिफाइनल प्रवेश गरेका छन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबले प्रतियोगितामा आफ्नो स्थान पक्का गरेका छन् ।