९ चैत्र २०८२, सोमबार
समाचार

हराइरहेका रायको शव भेटियाे

६ चैत, जनकपुरधाम । हराइरहेका ४५ वर्षीया जमुना रायको शव तीन दिनपछि इनारमा भेटिएको छ । धनुषाको सवैला नगरपालिका कुशमाहामा गत तीन दिनदेखि हराइरहेका रायको शव इनारवाट डुबेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिए ।