सुनाकलीमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा किशोरीले बढाए गौरव
२ साउन, काठमाडौँ । कर्णाली प्रदेशको हिमाली क्षेत्र मुगुका विभिन्न गाउँमा जन्मिएर स–साना हिउँका ढिक्कालाई फुटबल बनाएर लड्दै खेल्दै हुर्केका १७ जना किशोरीले देशको प्रतिनिधित्व गरेर स्पेनको डोनोस्टी कप फुटबल टुर्नामेन्ट २०१८ मा सहभागी भएको समाचारले अहिले सर्वसाधारणको मन जितेको