२९ आश्विन २०८३, बिहिबार
समाचार

पुराना विद्यालयलाई संरक्षण गरिने

२३ असोज, काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पुराना विद्यालयलाई सरकारले संरक्षण गर्ने बताउनुभएको छ । महाराजगञ्जस्थित शिवपुरी माध्यामिक विद्यालयको आज आयोजित ७० औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले पुराना विद्यालय ऐतिहासिक सम्पदा भएकाले तिनको संरक्षण गरिने बताउनुभएको हो ।