३० कार्तिक २०८१, शुक्रबार
समाचार

‘नक्कली’ आरोपमा छानबिन भइरहेका डाक्टरलाई बिरामी जाँच्न रोक्न प्रधानमन्त्रीले दिए निर्देशन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा छानबिनमा रहेका डाक्टरहरुले बिरामी जाँच गरिरहेको समाचार प्रकाशनमा आएपछि उनीहरुलाई तत्काल बिरामी जाँचबाट रोक्न स्वास्थ्य सचिवलाई निर्देशन दिएका छन्। आइतबार बिहान स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीलाई टेलिफोनबाट प्रधानमन्त्रीले उक्त निर्देशन