४ मंसिर २०८३, शुक्रबार
समाचार

भूकम्प गएको क्षेत्रमा प्रधानमन्त्रीको भ्रमण

एथेन्स । ग्रिसको सबैभन्दा ठूलो टापु क्रीटमा भूकम्प गएको एक दिनपछि यहाँका प्रधानमन्त्रीले सो क्षेत्रको भ्रमण तयारी गर्नुभएको छ । शक्तिशाली भूकम्पको कारण एक व्यक्तिको मृत्यु हुनुको साथै सयौं भवनहरु क्षतिग्रस्त भएका छन् भने कैयौ व्यक्ति घरबारविहीन भएका छन ।