८ पुस २०८१, सोमबार
समाचार

राजदूतको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका लागि आवासीय नेपाली राजदूतमा सिफारिस भएका पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ गरेको छ । संसदीय सुनुवाइ समितिले आज एक सूचना जारी गर्दै राजदूत नियुक्तिका लागि सिफारिस हुनुभएका नेपालीलाई उक्त पदमा