वडा सदस्य प्रहरी हिरासतमा
बाजुरा, ९ चैत । जिल्लाको त्रिवेणी नगरपालिका वडा नं २ का वडा सदस्य लालबहादुर बुढा महिलालाई जबर्जस्ती करणी गरेको उभियोगमा प्रहरी हिरासतमा पर्नुभएको छ । जिल्ला प्रहरी कार्यालयले उहाँलाई सो अभियोगमा गत फागुन २९ गतेदेखि हिरासतमा राखेको जनाएको छ ।