बन्दाबन्दीले जडिबुटी खेती र निकासी प्रभावित
नेपालगञ्ज, २५ वैशाख । जडिबुटी संकलन, प्रशोधन र निकासीको केन्द्र बाँकेको जटिबुटीको खेती लामो समयको बन्दाबन्दीले प्रभावित भएको छ । सरकारले प्राथमिकतामा राखेकामध्ये १२ प्रजातिका र नेपालको आर्थिक विकासका लागि अन्य ३० प्रजातिका जडिबुटी यहाँ व्यावसायिकरुपमा खेती गर्ने गरिएको छ