सरकारी उपचार कोषबाट १९४ जना लाभान्वित
४ साउन, बागलुङ । सरकारले बनाएको ‘विपन्न नागरिक औषधि उपचार कोष’बाट गत आवमा यहाँका एक सय ९४ जनाले आर्थिक सहायता पाएका छन् । स्वास्थ्य मन्त्रालयले तोकेबमोजिम कडा रोगबाट पीडित विपन्न नागरिकलाई आर्थिक सहायता दिइएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।