अमेरिकाले जोन्सनको खोपलाई दियो अनुमति
वासिङ्टन, १६ फागुन (रासस–एएफपी) –– कोरोनाभाइरसको संक्रमणबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकाले जोन्सन एण्ड जोन्सनले विकास गरेको खोपलाई शनिबार आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले तेस्रो खोपलाई अनुमति दिएको बताउँदै कोभिड–१९ विरुद्धको संघर्ष