६ जेष्ठ २०८१, आइतबार
बाढी, पहिरो

दाउन्नेमा पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपुर, ३० असार । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ मा पर्ने विश्वकर्मा बाबाको मन्दिर नजिक पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । मन्दिर नजिकैको घिउखोलामा आज बिहानै पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले जनाएको छ