, अपराध

अपराध

  • पक्राउ

    आफ्नै मालिक दम्पतीको हत्या गर्ने १४ वर्षपछि पक्राउ

    काठमाडौँ, ३० असार । आफैँले काम गर्ने सःमिल सञ्चालक दम्पतीको हत्या गर्ने एक जनालाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले हत्यापछि फरार हुँदै आएका सर्लाहीका जयकिशोर साहलाई घटनाको १४ वर्षपछि आइतबार बाँकेस्थित भारतीय सीमाक्षेत्रबाट पक्राउ गरेको हो । विसं २०६३ पुस २० गते सितापाइलास्थित कान्तिपुर सःमिलका सञ्चालक […]

  • girl hate

    नेपाली महिलालाई नवजात शिशु हत्या अभियोग

    लण्डन, २५ असार । आफ्नै नवजात शिशुको हत्या आरोपमा पक्राउ परेकी एक नेपाली महिलालाई आज हत्या अभियोगमा बेलायतको विन्चेस्टर क्राउन कोटमा उपस्थित गराइएको छ । तीन वर्षअघि नेपालबाट बेलायत आएकी २३ वर्षीया बबिता राईलाई सन् २०१७ मे मा नवजात शिशुलाई मारेर इङ्ग्ल्याण्डको अल्डरसटमा रहेको म्यानर पार्कमा गाडेको आरोपमा पक्राउ गरेको जनाइएको छ । प्रहरीका अनुसार […]

  • पक्राउ

    बालिकाको शव फेला, दाजु प्रहरी नियन्त्रणमा

    भीमदत्तनगर, २५ असार । कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ का १४ वर्षीया बालिका नेहा सुनारको शव आज बिहान स्थानीय खोलामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बुधबार साँझ स्थानीय खोलामा हराएकी बालिका सुनारको शव फेला परेको बताउनुभयो । प्रहरीले बालिकालाई कुटपिट गर्दै खोलामा धकेलेको हुनसक्ने आँकलनसहित थप अनुसन्धानका लागि […]

  • झगडा

    पत्रकार महासङ्घद्वारा घटनामा संलग्नलाई कानूनी कारवाहीको माग

    कैलाली, २२ असार । नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशले सञ्चारकर्मीमाथि भएको हातपात र गालीगलौज गरेको घटनामा संलग्नलाई कानूनी कारवाहीको माग गरेको छ । आइतबार समाचार सङ्कलनका लागि प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पुगेका दिनेश एफएम र दिनेश खबरमा कार्यरत सञ्चारकर्मी कमल साउदमाथि धनगढी–५ का हर्कबहादुर देउवा र निजका छोरा ठक्करले मन्त्रालयको पशुपन्छी महाशाखाभित्रै […]

  • महिला हिंसा

    महिला हिंसा बढ्यो

    बाँके, १९ असार । बाँकेमा बन्दाबन्दीको अवधिमा महिला हिंसाका घटना बढेका छन् । जिल्ला प्रहरी कार्यालय, बाँकेको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा पछिल्लो ३ महिनायता जिल्लामा हिंसाका घटना बढेको पाइएको छ । प्रहरीका अनुसार चालू आर्थिक वर्षको चैत्र ११ गतेदेखि असार १ गतेसम्म बाँकेमा ५२ वटा घरेलु हिंसाको ठाडो उजुरी परेको छ । त्यसमध्ये ४४ जना […]

  • बलात्कार मुद्दामा बयान फेर्दा…

    असार १९, काठमाडौं । बलात्कार मुद्दामा पीडित भनिएकी महिलाले बयान फेरेकै आधारमा चितवन जिल्ला अदालतले एक महिना कैद र ६३ हजार रुपैयाँ प्रतिवादी युवकलाई क्षतिपूर्तिबापत दिनुपर्ने फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको एकल इजलासले पीडित भनिएकी युवतीले सुरुमा आफू बलात्कृत भएको भनेको र पछि बयान फेरेकै आधारमा कैद र जरिमाना हुने फैसला गरेको […]

  • सुन

    सुन पसल चोरीमा संलग्न सार्वजनिक

    नवलपुर, १९ असार । नवलपरासी(बर्दघाट –सुस्तापूर्व)को गैँडाकोट नगरपालिका वडा नम्बर ४ काँग्रेस चोकमा रहेको मोनिका सुनचाँदी पसलमा चोरी गर्ने तीन जनालाई गैँडाकोट प्रहरीले करीब चार महिनापछि पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय गैँडाकोटले आज बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । गत फागुन १८ गते भएको चोरीमा संलग्न भएको […]

  • लागुपदार्थ दुव्र्यसन

    लागुपदार्थ दुव्र्यसनविरुद्ध किशोरी सक्रिय

    चन्द्रौटा, १८ असार । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १ शिवपुरका किशोरीहरु लागुपदार्थ दुव्र्यवसविरुद्ध एकजुट भएका छन् । शिवपुरमा रहेका गौतम किशोरी संवाद, सरस्वती किशोरी संवाद र नवदुर्गा किशोरी संवादका किशोरीले गाउँघरमा लागुपदार्थ सेवन गरी झैझगडा र होहल्ला गर्ने गरेकाले गाउँमा लागुपदार्थ नियन्त्रण अभियान थालेका छन् । शिवपुरलाई नमूना बस्ती निर्माण गर्ने योजना रहेकाले लागुपदार्थ […]

  • Ram Bahadur Thapa

    लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ : गृहमन्त्री थापा

    काठमाडौँ, १२ असार । गृहमन्त्री रामबहादुर थापाले लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसार रोक्न आमसमुदायको सहकार्य आवश्यक भएको बताउनुभएको छ । प्रत्येक वर्ष जुन २६ (आज) मनाइने लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै गृहमन्त्री थापाले लागुऔषध दुरुपयोग रोक्न आफ्ना सन्तान र प्रियजनको शीघ्र शुद्धीकरण र सुमधुर पारिवारिक पुनःस्थापनामा जोड […]

  • River Bepatta

    नारायणी नदीमा माछा मार्ने क्रममा १ जना युवक बेपत्ता

    भरतपुर, १२ असार । नारायणी नदीमा माछा मार्ने क्रममा एक जना बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–३ रामघाटस्थित नारायणी नदीमा माछा मार्ने क्रममा बर्दिया घर भइ हाल भरतपुर महानगरपालिका–४ बस्ने २१ वर्षीय टिङ्कु चौधरी बेपत्ता भएको जिल्लाप्रहरी कार्यालय चितवनले जनाएको छ । नदी किनारमा माछा मार्ने क्रममा उनलाई बढीले बगाएको थियो । बेपत्ताको नेपाल प्रहरी […]

  • बालिका बलात्कृत

    बन्दाबन्दीकोे समयमा देशभर १०९ बलात्कारका घटना

    काठमाडौँ, ११ असार । बन्दाबन्दीको समयमा देशभर १०९ बलात्कारका घटना अभिलेखीकरण भएका छन् । बन्दाबन्दीको समयमा ७३० महिला तथा बालिकामाथि भएका विभिन्न प्रकारका हिंसाको घटना अभिलेखीकरण भएकामध्ये १०९ बलात्कारका घटना रहेका हुन् । बलात्कार जस्तो जघन्य अपराधमा संलग्न व्यक्तिहरुमध्ये सबैभन्दा बढी ४७ प्रतिशत (६४ जना) छिमेकी रहेका छन् । महिलापुनस्र्थापना केन्द्र (ओरेक) ले बन्दाबन्दीको करिब […]

  • १२ हजार घुस लिएको अभियोगमा प्रहरी निरीक्षक राय निलम्बित

    हेटौँडा, ७ असार । भीमफेदी इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक रामबालक राय ठेकेदारसँग रु १२ हजार घुस लिएको अभियोगमा आज पक्राउ परेका छन् । उनलाई निलम्बनसमेत गरी थप अनुसन्धान समेत गरिएको वाग्मती प्रदेश प्रहरी प्रमुख वसन्तकुमार लामाले जानकारी दिनुभयो । यसैबीच हेटौँडा–११ नवलपुरकी सुस्तःमनस्थितिकी एक युवतीलाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् […]

  • महामारीको जोखिममा समेत घटेन महिला हिंसा

    काठमाडौँ, ७ असार । कोभिड–१९ महामारीको जोखिमपूर्ण अवस्थामा पनि मानवअधिकार उल्लङ्घनका घटनामा कमी आउन सकेको छैन । बलात्कारजस्ता जघन्य अपराध अझ बढ्दै गएको देखिएको छ । सरकारले कोभिड–१९ को जोखिम कम गर्न गत चैत ११ गतेदेखि बन्दाबन्दीको घोषणा गरेयता सात वर्षीया बालिकादेखि क्वारेन्टिनमा बसेकी महिलासमेत बलात्कारको शिकार भएका छन् । यस्ता अमानवीय घटना बढ्नुले महामारीजस्तो […]

  • आफ्नै छिमेकी नाबालिकालाई करणी प्रयासको आरोपमा पकाउ

    रोल्पा, ६ असार । नाबालिकालाई करणी प्रयासको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । त्रिवेणी गाउँपालिका वडा नं ७ का ३८ वर्षीय पुरुष आफ्नै छिमेकी नाबालिकालाई करणी प्रयास गरेको आरोपमा पक्राउ परेका हुन् । उनीविरुद्ध नाबालिकाका आफन्तले गत जेठ ३२ गते प्रहरीमा जाहेरी दिएपछि नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी […]

  • उत्खनन रोक्न निर्देशन

    खलङ्गा, २ असार । नदीजन्य वस्तु उत्खनन अनुगमन समितिले अवैध रुपमा भइरहेको नदीजन्य वस्तुको उत्खनन तत्काल रोक्न निर्देशन गरेको छ । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीको संयोजकत्वमा अनुगमनमा गएको टोलीले बोलपत्र आह्वान गरेर मात्र नदीजन्य वस्तुको उत्खनन गर्न निर्देशन दिएको छ । पातारासी गाउँपालिका जवा नदी क्षेत्रको अनुगमनका क्रममा नदीजन्य वस्तुको उत्खनन भएर […]

  • क्वारेन्टिनमा बसेकी महिलामाथि सामूहिक बलात्कार भएपछि स्थानीयबासी उत्रिए सडकमा

    ३२ जेठ धनगढी । चीनवाट महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले गर्दा नेपालमा पनि ठुलो प्रभाव परेको छ । कोरोनाका कारणले गर्दा नै नेपालमा १९ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ५७६० पुगेको छ । कोरोनाको कारणले गर्दा अर्थतन्त्रमा पनि ठुलो समस्या पुगेको छ । नेपालमा कोरोना संक्रमितको लागि पनि उचित क्वारेन्टाइनको व्यवस्था पनि […]

  • राजश्व

    राजश्व छलेको अशङ्कामा अनुसन्धान

    हेटौँडा, ३१ जेठ । भन्सार राजश्व छलेको आशङ्कामा जफत गरिएको तीन ट्रक चिनीको अनुसन्धान प्रक्रिया शुरु भएको छ । जलेश्वर नाका भन्सारबाट भित्रिएको ७२ हजार केजी चिनीसहित तीनवटा ट्रकलाई केही दिन अगाडि नियन्त्रणमा लिएर छानबिन शुरु गरिएको राजश्व अनुसन्धान विभागको कार्यालय पथलैयाले जनाएको छ । जलेश्वर भन्सार नाकाबाट जाँचपास गर्ने सम्बन्धमा चिनीको गुणस्तरमा विवाद आएपछि […]

  • सात पक्राउ

    चोरीमा संलग्न २० अभियुक्त सार्वजनिक

    भीमदत्तनगर, २६ जेठ । लकडाउनका बेला कञ्चनपुरको भीमदत्तनगर बजार क्षेत्रमा चोरीको घटनामा संलग्न २० अभियुक्तलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आइतबार पत्रकार सम्मेलन गरी बजारका पसलदेखि घरमा सामान चोरीमा संलग्न २० जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको जनाएको छ । प्रहरीका अनुसार बजार र आसपासका क्षेत्र चोरी गरिएका ४२ […]

  • मृत्यु-निधन

    ३६ वर्षीया महिलाले गरिन् आफ्नै श्रीमान्को हत्या

    सल्यान, २६ जेठ । सल्यानमा एक महिलाले आफ्नै श्रीमान्को हत्या गरेकी छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–६ भुम्केज्युलाकी ३६ वर्षीया ती महिलाले ३८ वर्षीय श्रीमान् डिल्लीबहादुर घर्तीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आइतबार राति ८ः३० बजेतिर आफ्नै घरमा काठ चिर्ने फलामको प्रहारबाट गम्भीर घाइते भएका घर्तीको सल्यान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको […]

  • सर्वोच्च अदालत

    बलात्कार मुद्दामा सर्वोच्चको नयाँ व्याख्या

    जेठ २३, काठमाडौं । सर्वोच्च अदालतले पूजा बोहराको बलात्कार मुद्दाको पूर्ण फैसलामा व्याख्या गर्दै जबर्जस्ती करणी महिलाको शरीर मात्रै नभई व्यक्तित्वमाथि हुने अपराध भनी व्याख्या गरेको छ । सर्वोच्चले व्यक्तिको शरीर र आत्मसम्मानमाथि आघात पुग्ने जघन्य अपराध भएको उल्लेख गरेको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरिप्रसाद फुयाँलको इजलासले गरेको बलात्कार मुद्दाको फैसलाको पूर्ण […]