भक्तपुरमा बुटवलका कोरोना संक्रमित १ जना पुरुषको मृत्यु
भक्तपुर, भदौ ८ । भक्तपुरमा बुटवलका कोरोना भाइरस (कोभिड-१९) संक्रमित १ जना पुरुषको मृत्यु भएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचाररत बुटवल उपमहानगरपालिका-११ महादेव पथका ५४ वर्षीय पुरुषको आइतबार दिउँसो मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ