२ चैत्र २०८२, सोमबार
हेडलाइन

सरकारी खर्चमा हुने विदेश भ्रमण रोके मन्त्री पण्डितले

२९ चैत, काठमाण्डौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मन्त्रालय मातहतका विभिन्न निकायवाट गरिने विदेश भ्रमणका कार्यक्रम रोकेका छन् । विभिन्न कार्यक्रमका नाममा गरिने विदेश भ्रमण कार्यविधि निर्माण नहुँदासम्मका लागि मन्त्री पण्डितले भ्रमण रोक गरेका हुन् ।