व्यास नगरपालिकामा घाइते भएका स्वतन्त्र उम्मेदवार दीपकराजको अग्रता
दमौली । तनहुँको व्यास नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले अग्रता लिएका छन् । हालसम्म गणना भएकामध्ये स्वतन्त्र उम्मेदवार जोशीले एक हजार ३१६ मत प्राप्त गरेका छन् । उम्मेदवारीमा एमालेले समर्थन गरेको जोशी सांघातिक आक्रमणमा पनि घाइते भएका थिए ।