६ जेष्ठ २०८१, आइतबार
कर्णाली प्रदेश

हुम्लाको सिमकोटमा हिमपातले जनजीवन प्रभावित

सिमकोट, हुम्ला । हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा भएको हिमपातले जनजीवन प्रभावित बनेको छ । पानीको धारामा बरफ जम्न थालेको छ भने तापक्रम माइनसमा झरेको छ । स्थानीय उपेश भण्डारीले दिउँसो घाम लागेपछि मात्रै जमेको पानी बिलाउने गरेको बताए ।