५ जेष्ठ २०८१, शनिबार

बझाङको धमेना केन्द्रबिन्दु भएर परकम्प


राष्ट्रिय भूकम्प सुरक्षा दिवस

काठमाडौँ । बझाङको धमेना केन्द्रबिन्दु भएर चार शमलव पाँच रेक्टर स्केलको परकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अहिले बिहान ११ बजेर ३७ मिनेटको समयमा परकम्प गएको हो । केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले बझाङमा धमेनामा भूकम्प पछि फेरी परकम्प गएको जानकारी दिए ।

“धमेना केन्द्रबिन्दु भएर चार शमलव पाँच रेक्टर स्केलकोे परकम्प गएको हो”, उनले भने, “बझाङ आसपासका जिल्लामा समेत परकम्पको धक्का महसुस गरिएको जानकारी प्राप्त भएको छ ।”

गत असोज १६ गते बझाङ केन्द्रबिन्दु भएर छ दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसयता धेरैपटक परकम्प गएको केन्द्रले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !