१४ बैशाख २०८१, शुक्रबार

महासंघकै दबाबमा सहकारीमा उच्च ब्याजदर


२७ साउन, काठमाडौं । सहकारी अभियानको छाता संगठन राष्ट्रिय सहकारी महासंघको दबाबमा सहकारी संस्थाको ऋणमा ब्याजदरको सीमा उच्च बनाइएको पाइएको छ ।

सहकारी ऐन २०७४ र नियमावली २०७५ ले गरेको व्यवस्थाअनुसार सहकारीको ऋणको सन्दर्भ ब्याजदर १४.७२ प्रतिशत कायम भएको थियो । तर, महासंघले उक्त ब्याजदर व्यावहारिक नहुने भन्दै बढाउन दबाब दिएपछि सहकारी विभागले १६ प्रतिशत निर्धारण गरी आईतबार लागू गरिसकेको छ ।

ब्याजदरको सीमा बढाउनकै लागि महासंघले बजारमा चलेको औषत दरभन्दा उच्चदर कायम गर्न सुझाव गरेको थियो ।

महासंघले विभागमा पठाएको सुझावमा सहकारीको ऋणमा १७.५ प्रतिशत सन्दर्भ ब्याजदर कायम गर्न सुझाव दिएको थियो । यो समाचार कारोबार दैनिकमा यादव हुमागाईले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !