१४ बैशाख २०८१, शुक्रबार

सुनसरी प्रहरीलाई एनआईसी बैंकको सहयोग


nic helps

११ माघ, काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत जिल्ला प्रहरी कार्यालय सुनसरीलाई सहयोग गरेको छ ।

बैंकले प्रहरी कायालयलाई सचेतनात्मक सुचनाहरु सहितका १४ थान रोड ब्यारीकेडहरु एवं १४ थान प्रहरी चेकिङ्ग बोर्ड हस्तान्तरण गरेको हो । सुनसरी जिल्लाको सुरक्षामा सहयोग स्वरुप एन आई सी एशिया बैंकबाट १४ थान रोड ब्यारीकेडहरु एवम् १४ थान प्रहरी चेकिङ्ग बोर्ड हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

उक्त कार्यक्रममा एन आई सी एशिया बैंकका उप प्रादेशिक कार्यालय कोशीका प्रमुख लक्ष्मण चालिसेले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई हस्तान्तरण गरे ।

बैंकले मुलुकभर फैलिएको आफ्नो २७५ वटा शाखा कार्यालयहरु मार्फत देशका विभिन्न स्थानहरुमा सामाजिक कार्यहरुमा सहयोग गर्दै आईरहेको र भविष्यमा पनि निरन्तर यसरी नै सामाजिक कार्यहरुमा सहयोग गरिरहने प्रतिबद्धता जनाएको छ ।

यस्ता कार्यक्रमहरुले अन्य संघ संस्था तथा व्यक्तिहरुलाई पनि सामाजिक उत्तरदायित्वको बोध गराउने र देश विकासका कार्यहरुमा योगदान पु¥याउन प्रोत्साहन गर्ने विश्वास बैंकले लिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !