१२ बैशाख २०८१, बुधबार

नेपालमा मिस वर्ल्ड आयोजना गर्न पहल, मिस वर्ल्डकी अध्यक्ष काठमाडौँमा


जुलिया मोर्ले

२३ फागुन, काठमाडौं । मिस वर्ल्डको आगामी संस्करण नेपालमा आयोजना गर्न गृहकार्य अघि बढाइको कान्तिपुर दैनिकमा समाचार छ । विश्वको सर्वाधिक पुरानो र प्रतिष्ठित सौन्दर्य प्रतियोगिताका रुपमा हेरिने मिस वर्ल्डको पछिल्लो ६९ औँ संस्करण बेलायतमा भएको थियो । नेपालमा आयोजनाका लागि पहिलो चरणको छलफल गर्न बिहीबार मिस वर्ल्डकी अध्यक्ष जुलिया मोर्लेसहितको टोली काठमाडौँ आइपुगेको छ ।

अध्यक्ष जुलिया, मिस वर्ल्ड सिंहले बिहीबार नै पर्यटनमन्त्री योगेश भट्टराईसँग कार्यक्रम आयोजनाका लागि प्रारम्भिक छलफल अघि बढाएका छन् । ‘संसारकै सुन्दरीहरुको सुन्दर प्रतियोगिता संसारकै सुन्दर देशहरुमध्येको सुन्दर नेपालमा गर्न हाम्रो तर्फबाट आवश्यक सहयोग हुने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,’ छलफलमा मन्त्री भट्टराईले आश्वस्त पारेका थिए । नेपाली सारीमा उपस्थित भएकी अध्यक्ष मार्लेले मन्त्रीको आश्वासनपछि उत्साहित भएको बताएकी थिइन् । उनले प्रतियोगिता गर्न नेपालले उपलब्ध गारउने सक्ने स्रोतसाधन र सुरक्षाबारेमा चासो रोखेकी थिइन् । त्यसो त मिस वर्ल्डले यसअघि नै ७० औँ वार्षिकोत्सवसहितको प्रतियोगिता थाइल्याण्डमा हुन सक्ने घोषणा गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !