१५ बैशाख २०८१, शनिबार

चिसो मौसममा आफ्नो अनुहारलाई हेरचाह गर्ने उपायहरु


चिसो मौसममा आफ्नो अनुहारलाई हेरचाह

एजेन्सी, जाडो मौसममा हरेक कुराहरुको ख्याल गर्नुपर्ने हुन्छ । त्यो मध्ये एक अनुहारको चमक हो जाडो मौसममा अनुहार फुट्ने गर्छन् । अनुहारलाई चमक राख्ने केहि उपायहरु अपनाउन सकिन्छ । अनुहारको चमक जोगाउन दुधको तर सबैभन्दा बढी मोस्टराइजर (अनुहारलाई सुख्खा हुन नदिने तत्व) हुन्छ । जसले अनुहारलाई कोमल बनाएर राख्छ । दुधको तर र महको बराबर अनुपात मिलाउनुपर्छ । महको प्रयोगले अनुहारमा व्याक्टेरियाबाट मुक्त राख्छ । यसरी मिसाएर बनाएको लेप अनुहारमा १५ मिनेटसम्म लगाएर मनतातो पानीले अनुहार सफा गर्नुपर्छ । नियमित यसको प्रयो गर्नाले शरीरमा चमक छाउँछ । सुन्तलामा भिटामिन सी पाइन्छ, जसले शरीरलाई स्वस्थ्य राख्छ । सुन्तलाको बोक्रालाई सुकाएर पिस्नुपर्छ । एक अण्डाको सेतो भाग, एक ठूलो चम्चा नपकाएको दुध र सुन्तलाको बोक्राबाट बनेको धुलो मिसाउनुपर्छ । चिसोको समयमा अनुहार सुख्खापना आउँछ । यस्तोमा अनुहारलाई सुख्खा हुन नदिन केरा र दुधको प्रयोग गर्नुपर्छ । केराले मृत कोषहरु अनुहारबाट हटाउन मद्दत गर्छ भने दुधले अनुहारलाई पोषिलो बनाउँछ । साथै यसले एकदमै क्लिजर पनि हो । यदि अनुहारमा तेल आउने किसिमको छ भने गुलाब जलको पनि प्रयोग गर्न सकिन्छ । आधा केरा, एक चौथाई दुध र केही थोपा मह पनि मिलाउनुपर्छ । सुख्खा अनुहारको उपचारको लागि मेवा सबैभन्दा उत्तम विकल्प हो । केरा र मेवा बराबरा मात्राम मिलाएर अनुहारदेखि गर्धनसम्म लगाउनुपर्छ । यसरी लगाएको लेप १५ देखि २० मिनेटसम्म राखेपछि मनतातो पानीले धुनुपर्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !