८ आश्विन २०८१, मंगलबार

Author: नेपालपत्र

टेकुमा बसको ठक्करले मोटरसाइकल पछाडि बस्ने यात्रुको मृत्यु

काठमाडौँ : टेकु यामाहा सोरुम अगाडि सोमबार दिउँसो भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ। बा ७३ प ४३०९ नम्बरको मोटरसाइकल पछाडि बस्ने यात्रुलाई बसले ठक्कर दिँदा मृत्यु भएको प्रत्यक्षदर्शीले जनाएका छन्। मोटरसाइकल र चालकलाई भने केही भएको छैन।