२२ बैशाख २०८१, शनिबार

आज २०७७ साल बैशाख २९ गते सोमवारको राशिफल


आजको राशिफल

आज २०७७ साल बैशाख २९ गते सोमवारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल-

मेष

सुनौलो भविष्यको योजना बन्ने योग छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेको छ ।

बृष

आज स्वास्थ्यमा समस्या आउनसक्छ । दबाब र तनाव बढेको महसुस हुनेछ, तर प्राविधिक कार्यमा भने सफलता मिल्नेछ ।

मिथुन

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । साँझपख शुभ समाचार आउन सक्छ ।

कर्कट

आज विद्या र बुद्धिको विकास हुनेछ । योजना तथा छलफलमा सहभागी भईएला । नयाँ रोजगारको अवसर मिलनेछ ।

सिंह

आज परिश्रमद्वारा धनार्जन हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । शेयर बजरको कारोवारबाट सफलता मिल्नेछ ।

कन्या

आज कीर्ति वृद्धिका योग देखिन्छन् । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । सामाजिक कार्यमा सहभागी पनि भईएला ।

तुला

आज नसोचेको ठाउँबाट धनागम हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । आर्थिक कारोवारमा सफलता पनि पाइएला ।

बृश्चिक

सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । बेलुकीपख भने खर्च बढ्न सक्छ ।

धनु

आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । धन आर्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

मकर

आज यात्रा गरेमा मालसामान हराउन सक्छ । चोटपटकको भयछ सचेत रहनुहोला, तर सहकर्मीबाट विशेष सहयोग मिल्नेछ ।

कुम्भ

साथीभाई वा नयाँ व्यक्तिसंग भेटघाट रहला । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

मीन

महत्त्वपूर्ण कामको योजना वा थालनी हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । शैक्षिक क्षेत्र सुधार उन्मुख हुनेछ । (स्रोत : हाम्रो पात्रो, ज्यो.प. नारायणप्रसाद दुलाल)

यो पनि पढ्नुहोस्

आज २०७७ साल बैशाख २८ गते आइतवारको राशिफल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !