१८ बैशाख २०८१, मंगलबार

२०८० साल चैत १६ गते शुक्रबार आजको दैनिक राशिफल


राशिफल

२०८० साल चैत १६ गते शुक्रबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

कला साहित्यमा रूचि बढ्नुका साथै राज्यपक्षबाट राम्रो साथ सहयोग प्राप्त ।

वृष

प्रतियोगात्मक कार्यमा अपेक्षाकृत् प्रदर्शनसँगै आत्मसन्तुष्टि प्राप्त हुने ।

मिथुन

चिठ्ठा शेयरजस्ता क्षेत्रमा गरेको लगानीले लाभ नदिएतापनि आफन्तजनबाट राम्रो साथ सहयोग प्राप्त हुने ।

कर्कट

वैचारिक मतभेदको दलदलमा फसिनुका साथै अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ने ।

सिंह

धर्मकर्ममा मन जानुका साथै सामाजिक कार्यमा सफलता मिल्ने ।

कन्या

बोलीको सकारात्मक प्रभाव बढ्नुका साथै शुभकर्मको चर्चा यत्रतत्र चल्ने ।

तुला

कुनै सभा समारोहमा सहभागी हुने मौका मिलेसँगै नयाँ ज्ञानार्जनका बाटाहरु भेटिने ।

वृश्चिक

लगनशीलतामा कमी आउनुका साथै हीनताबोध महसुस हुने ।

धनु

ठीक समयमा गरेर उचित निर्णयले नाम र दाम कमाउने उच्च सम्भावना ।

मकर

विपरीलिङ्गी साथीबाट राम्रो साथ सहयोग प्राप्त साथै धनआर्जनका नयाँ बाटाहरु खुल्ने ।

कुम्भ

रोकिएका कार्यहरु सुचारू भएसँगै नयाँ कार्ययोजना तय हुने ।

मीन

आलस्यता बढ्नुका साथै सम्पन्न हुनै लागेका कार्यहरु बिग्रिने उच्च सम्भावना ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
(इच्छुकका लागि) (10AM – 5PM) भन्दा अघि वा पछि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !