१८ बैशाख २०८१, मंगलबार

२०८० साल चैत १४ गते बुधबार आजको दैनिक राशिफल


राशिफल

२०८० साल चैत १४ गते बुधबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

प्रारम्भ भएका कार्यले सफलताको मार्ग पक्रिएसँगै मनमा शान्ति तथा मुहारमा कान्ति छाउने ।

वृष

शत्रुपक्षको पराजयसँगै वस्त्र, अर्थ, उपहार वा पुरस्कार प्राप्तिको शुभ योग ।

मिथुन

मनमा अशान्तिले डेरा जमाएसँगै यात्राको क्रममा अनेकानेक विध्नबाधाहरुको सामना गर्नुपर्ने ।

कर्कट

स्वजनसँगै वैचारिक मतभेदको वातावरण सिर्जना हुनुका साथै स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्ने ।

सिंह

आरोग्यतामा थप वृद्धि आउनुका साथै आर्थिक कारोबारमा फाइदा हुने ।

कन्या

मन असन्तोषरुपी आगोमा जल्नुका साथै आर्थिक शंकटको सामना गर्नुपर्ने ।

तुला

सामाजिक आदरसत्कार प्राप्ति हुनुका साथै महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्नुपर्ने ।

वृश्चिक

विश्वासपात्रबाटै घातप्रतिघात हुनुका साथै अनावश्यक ठाउँमा धननाश भएर जाने ।

धनु

भ्रमण तथा आफन्तजनसँग भेटघाटको मौका मिल्नुका साथै मनमा हर्षोल्लास छाउने शुभ समाचार सुन्न पाइने ।

मकर

स्वास्थ्य स्थितिले राम्रै साथ दिएतापनि सोचेका कार्यलाई साकार रुप दिन कठिनाइ ।

कुम्भ

आशा गरेको व्यक्ति वा स्थानबाटै असहयोगको परिस्थिति बनेसँगै व्यापार व्यवसायमा पनि असन्तुलनता देखापर्ने ।

मीन

अनावश्यक व्यक्तिसँगको वादविवादमा अल्झिनुका कारण महत्त्वपूर्ण कार्य अन्तिममा गएर बिग्रिने उच्च सम्भावना ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
(इच्छुकका लागि) (10AM – 5PM) भन्दा अघि वा पछि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !